logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

तनहुँ व्यास गल्वुबेँसीमा ट्र्याक्टर चालक मृ’त फेला


  • रासस
  • मंगलबार, पुष १५ २०७६

तनहुँ – तनहुँको व्यास नगरपालिका–१ गल्वुबेँसीमा ट्र्याक्टर चालक मृ’त फेला परेका छन् । म्याग्दे गाउँपालिका–१ गुणादीका २६ वर्षीय सुशील परियार आज बिहान मृ’तावस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिए। परियार छाब्दी वाराही कन्स्ट्रक्शन प्रालिको ग१त २३८२ नंको ट्र्याक्टरका चालक रहेको जनाइएको छ ।

ना६त ६८७२ नंको ट्र्याक्टर बसपार्कमा र’गताम्मे अवस्थामा भेटिएकाले परियारलाई सोही ट्र्याक्टरले किचेको हुन सक्ने प्रहरीको अनुमान छ । उक्त ट्र्याक्टरका चालक फरार रहेकाले खोजी भइरहेको छ । ‘ट्र्याक्टरले कि’चेर मृ’त्यु भएपछि श’वलाई त्यही छाडेर भागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ प्रवक्ता लामिछानेले भने ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार