logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

काठमाण्डौमा प्रेमिको लि’ङ्ग छेदन गरिदिने प्रेमिकालाई ‘अंगभंग’कसुर अन्तर्गत मुद्दा


  • राजनिती न्युज डेस्क
  • बिहिबार, पुष १७ २०७६

पोखरा- प्रेमीलाई भेट्ण बोलाएर लिं’ग छेदनमा संलग्न एक प्रेमिकालाई ‘अंगभंग’कसुर अन्तर्गत बुधबार मुद्दा चलाइएको छ।

सरकारी वकिल र प्रहरीबीचको छलफलपछि सरकारी वकिल ‘अंगभंग’कसुर अन्तर्गत मुद्दा चलाउने निष्कर्षमा पुगेको हो। गत मंसिर २४ गते काठमाडौंको बौद्ध महांकालमा थिङ थरकी प्रेमीकाले आफ्नै कोठामा बोलाएर सुनुवार थरका प्रेमीको लिंग छेदन गरिदिएकी थिइन्।

उनीहरु दुवैजना हायात होटलमा काम गर्दैआएका थिए। परिवारले स्वीकार नगर्ने भन्दै प्रेमीबाट छुट्टिन प्रस्ताव गरेपछि आवेगमा आएर प्रेमिकाले लिं[ग छेदन गरेकी थिइन्।

काठमाडौं जिल्ला न्यायाधिवक्ता चन्द्रकान्त खनालले मुलुकी अपराध संहिताको दफा १९२ को अंगभंग गर्न नहुने कसुर अन्तर्गत अभियोग लगाइएको जानकारी दिए। सरकारी वकिलले दस वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिबाना मागसहित मुद्दा चलाएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार