राजनीति
बुद्धि-जिव प्रतिष्ठान कास्कीले विकट बस्तिका बिपन्न चेपाङ समुदायका बालबालिकालाइ न्यानो कपडा बितरण गरेको छ । चितवनको इच्छाकामना गाउपालिका वाड न १ र २ काउलेका चेपाङ बालबालिकालाइ न्यानो कपडा बितरण गरेको हो ।
जिवन ज्योति प्राथमिक बिधालय मेट्राङ्ग , भुलभुले आधारभुत बिधालय तोवाङ्ग र रान्सिसिराङ्ग शिशु स्याहार केन्द्र का २५० बालबालिकालाइ कठ्याङ्गिदो चिसोमा न्यानो कपडा बितरण गरेको हो । तिन वटै बिधालयका प्रधानाध्यापक र अभिभावक लाइ समन्वय गर्ने काम रुसेक नेपालकी स्मृति चेपाङले गरेकी थिइन ।


प्रतिष्ठानका अध्यक्ष सुर्य प्रसाद काफ्ले स्वयम उपस्थित भएर न्यानो कपडा बितरण गरेका थिए । काफ्ले ले आफ्नो प्रतिष्ठान बिशुद्ध सामाजिक सेवाको उद्देश्यले स्थापना गरिएको भन्दै यस्ता सहयोग निरन्तर गरिरहने बताएका छन