ललितपुर -ललितपुरको पुल्चोकमा बिहानै शं’कास्पद वस्तु फेला परेको छ । शनिबार बिहान पुल्चोक र गाभलको बीचमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार प्याक गरेर फालेको अवस्थामा तारसहित देखिने गरी शं’कास्पद वस्तु फेला परेको हो । उक्त वस्तु के हो परिचान हुन सकेको छैन ।
‘ब’म हो कि भन्ने शंकाका आधारमा नेपाली सेनाको ब’म डिस्पोजल टोली घटनास्थल पुगेको छ,’ महानगरीय प्रहरी प्रभाग पुल्चोककी इन्सपेक्टर पुर्णिमा चन्दले बताइन् ।