logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

भारतीय नागरिको स्कुटरको ठक्करबाट मृ’त्यु


  • राजनिती न्युज डेस्क
  • शनिबार, पुष १९ २०७६

भक्तपुर -एक जना भारतीय नागरिको स्कुटरको ठक्करबाट मृ’त्यु भएको छ ।

शनिबार भक्तपुर नगरपालिका १, सिर्जनानगरस्थित अरनीको राजमार्गमा भारतीय एन एल ०१ ए डी ५९१८ नम्बरको कन्टेनरका सहचालक जिल्ला फरकुवाबाद भारत बस्ने बर्ष २५ नरेन्द्र पालको मृ’त्यु भएको हो ।
गाडी पछाडि हटाउनका लागि साईड माग्ने क्रममा सोही दिशाबाट आईरहेको बा ९२ प ३४०९ नं।को स्कुटीले सहचालक पाललाई ठक्कर दिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

ठक्कर दिदा घाइते भएका सहचालकलाई उपचारका लागि डा।ईवामुरा मेमोरियल अस्पताल भक्तपुर ल्याइएकोमा उपचारकै उनको मृ’त्यु भएको हो ।

प्रहरीले स्कुटर चालक भक्तपुरको सूर्यविनायक नगरपालिाका ९ नलिनचोकका ३८ वर्षीय बसन्त देउजा र स्कुटरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भइरहेको जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार