logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

सीआईबीको टोलीले पोखराबाट समाते धादिङका ह’त्या र लुटपाट मच्चाउने साँइला


  • राजनिती न्युज डेस्क
  • शनिबार, पुष १९ २०७६

पोखरा-  साँइला भन्ने दुर्गा बहादुर तामाङलाई प्रहरीले आज पोखराबाट पक्राउ गरेको छ ।

धादिङको उत्तरी भेगमा हत्या, डकैती तथा लुटपाट मच्चाई सर्वसाधारणमा त्रास फैलाउने कार्यमा संलग्न रहेको आरोपमा धादिङग खनियाबास –२ स्थायी ठेगाना भएका २७ वर्षीय तामाङलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलील शुक्रबार पोखरा महानगरपालिका वडा नं २५ खुट्टेगौंडाबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार दार्खामा शिव थापाको ह’त्यामा संलग्न रहेको आरोपमा उनलाई जिल्ला अदालत धादिङले यसअघि नै ५ वर्ष कैद तोकेको छ । यस्तै भिषण सिम्खडा ह’त्या आरोपमा पनि अदालतले ५ वर्ष नै कैद सुनाएको छ ।

यस्तै धादिङको खनियाबास १ स्थित पर्चे भन्ने स्थानमा उनले कैशाल दीक्षितलाई खुकुरी देखाउँदै ६ लाख १० हजार लुटेर फरार रहेको पनि प्रहरीले जनाएको छ ।

सीआईबीले उनलाई आवश्यक कानूनी कारवाहीको लागि शनिबार जिल्ला प्रहरी कार्यालय धादिङमा बुझाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार