आश तमु पोखरा – बिगत १५ बर्ष देखी पोखरामा रेष्टुरेण्ट व्यवसाय गरी पोखरेलीलाई मिठो मोमो चाउमीन ससेज र आलु पस्किदै आएका “स्टेशन द फुड क्ल्व एण्ड ससेज पार्क” अहिले नयाँ परिकार झिर सङ्गै र नौलो व्यवस्थापनका साथ आएको छ।
पत्रकारीता सङ्गै आज भन्दा १५ बर्ष अघि पोखरामा ठेलाबाट ५० हजार लगानी गरेर सुरु गरेका आयुश श्रेष्ठले अहिले करौडौको लगानीमा थ्रिडी तथा ग्राफिटी आर्ट मिलाएर नयाँ व्यवस्थापनमा स्टेसनलाई पोखरेलीको माझ पस्केको छ। आज पोखरा गैर्हा पाटन नयाँ व्यवस्थापन र थ्रिडी तथा ग्राफिटी आर्टमा बनेको नयाँ भवन पत्रकार सम्मेलनको आयोजना गरी माघ १ गतेबाट सर्वसाधरणको लागी खुल्ला गरिने बताए।
पत्रकार सम्मेलनमा बोल्दै आयुशले नेपालमै पहिलो पटक फास्टफुड रेष्टुरेण्टमा थ्रिडी तथा ग्राफिटी आर्टले भित्ताहरुलाई सजाइएको बताएका छन ।मनमोहक आर्टले ग्राहकको मनलाई आकर्षित गराउने उनको विश्वास छ। आर्टलाई हिमालयन रोडिजका उपविजेता लामाचौरका अनिमेश शाही र उनको टिमले डिजाइन गरेको उनले बताए।
१ करोडको लगानीमा नयाँ भवनमा स्टेशन सञ्चालनमा आएको हो । रेष्टुरेण्टमा २४ जना कर्मचारी कार्यरत छन् । बिहान ७ बजेबाट ९ बजेसम्म सेवा सञ्चालनमा रहेको उनले जानकारी गराए । १ करोड लगानीमा तयार पारिएको भवनका ६० वटा भित्तामा थ्रीडी आर्ट तयार पारएको छ ।एकैपटकमा २ सय ग्राहकलाई सेवा दिने संचालक श्रेष्ठले जानकारी दिए ।