logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

काठमाडौंमा भूकम्पको धक्का महसुस


  • राजनीति
  • बुधबार, फाल्गुन ९ २०७४

काठमाडौं । बुधबार बिहान काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ ।

बिहान २ बजेर २३ मिनेट जाँदा डल्लु आसपास केन्द्रविन्दु भएर ३.६ रिक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।

खानी तथा भूगर्भ विभागले यो नयाँ भूकम्प नभएर ‘गोरखा भूकम्प’को परकम्प जनाएको छ ।

२०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि हालसम्म ४ रिक्टरभन्दा माथिका ४८९ परकम्प गएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार