पोखरामा आइतबार साझ एक बालिकाको नहरमा खसेर मृत्यु भएको छ । पोखरा -५ मालेपाटनकी इन्दिरा सुवेदीकि ४ बर्षिया छोरी सिर्जना सुवेदीको आईतवार नहरमा खसेर मृत्यु भएको हो ।
साँझ ६ बजेको समयमा घर नजिकै आमा संग खेल्दै गरेकी बालिका नहरमा खसेकी हुन् ।नहरमाथि स्ल्याव ग्याप थियो र त्यहाँ कार्टुन थियो । बालिकाले सिधै कार्टुनमा टेक्दा नहरमा खसेको स्थानीयको भनाई उदृत गर्दे प्रहरीले जनाएको छ ।
आईतबार साँझ ६ बजेको समयमा घर नजिकै आमा संग खेल्दै गरेकी बालिका नहरमा खसेकी हुन् ।गहिरो र पानी भएको नहरमा ६ बजे खसेकी बालिकालाई ७ वजेर ४० मिनेट जाँदा मृत अबस्थामा फेला पारिएको थियो । उनी १५० मिटर तलतिर वागवानी नजिकै शब अड्केको अबस्थामा फेला परेकी हुन् ।
तस्बिर सामाजिक संजाल फेसबुक