पोखरा – बिगत ६३ वर्ष अघि देखी रञ्जित गाउँमा सुरु भएको माघे संक्रान्ति मेला यस वर्ष पनि निरन्तरता दिने भएको छ। साविक अर्मला गा.वि.स वडा नं. ५ हाल पोखरा महानगरपालिका वडा नं. १६ स्थित श्री नौ धारे सिद्धबराह युवा क्लवको आयोजनामा उक्त मेला आउदो माघ १ गतेदेखी ३ गते सम्म सञ्चालन हुने भएको छ ।
सोमबार पोखरा न्युरोड स्थित पत्रकार सम्मेलन गर्दै क्लवका अध्यक्ष शम्सेर बहादुर गुरुङ ले श्री नौ धारे सिद्ध बराह मन्दिर लाई धार्मिक स्थल र पर्यटन क्षेत्रको रुपमा विकास गर्न मेलाको आयोजना गर्न लागिएको बताए । उक्त मेलाले पर्यटन वर्ष २०२० लाई थप सहयोग पनि उनले बताए ।
माघ १ देखी ३ गते सम्म सञ्चान हुने उक्त मेलामा भलिबल प्रतियोगिता पनि हुने भएको छ । बिगत बर्षमा २० टोली दर्ता भएको ले यस पनि तेही सख्यामा सहभागी हुने आयोजकले अपेक्षा राखेका छन । प्रतियोगितामा प्रथम हुनेले ३५,००० र द्धतिया हुनेले ३०,००० हजार पुस्कार राशी प्राप्त गर्ने छन ।
रञ्जित गाँउ देखी पुर्व उत्तरको कुना जङ्गलमा पर्ने पुर्खौ देखी धर्म स्थलको रुपमा चिनिदै आएको श्री नौ धारे सिद्ध बराह मन्दिरमा ठुलो पहराको विचबाट अदभुत रुपमा निस्केको न्यानो पानीमा माघे संक्रान्तीका दिन श्री नौ धारामा स्नान गरि दर्शन गरि तरुल र मासको टिका लगाई आशीर्वाद दिने चलनका साथ २०१३ साल देखि माघे संक्रान्तिमा ठेलो मात्र हानिन्थ्यो भने हाल केही वर्षदेखि अनेकौं खेलहरु भलिबल प्रतियोगिता र साँस्कृतिक कार्यक्रम गरि मनाउदै आइरहेको बताए ।
ेमन्दिरमा टाढा टाढाबाट पनि भक्तजनहरु आउने भएको हुदाँ साउन भदौँ बाहेक अन्य सवै महिनामा दर्शनार्थीहरुको बाक्लो भिड लाग्ने गरेको छ । गाउँ देखी उत्तर तिर पर्ने मुलकोट भुमी पार्के डाडा, नागी डाँडा जस्ता सुन्दर ठाउँ पूग्नलाई डेढ घण्टा लाग्ने र त्यहाँबाट माछापूच्छेको काखमा नै भएको अभास हुनुको साथ चारै दिशाका सुन्दर गाउँ हिमाल, पहाड र पोखराको लोभलाग्दो दृश्यको नजिकबाट आबलोकन गर्न सकिन्छ ।
साथै यस क्षेत्रका खाडी ताक्ने बेरोजगार युवा जनशक्तिलाई रोजगार दिई आफ्नै देश आफ्नै भेषमा रहेर काम गर्नको लागी हालै मात्रै होमस्टे सञ्चालनमा ल्याईएको बताएका छन ।
हाल उक्त होमस्टेमा ६० जना बराबरको क्षेमता रहेको छ । र आगामी दिनहरुमा सयँ जना बराबरको क्षमता भएको होमस्टे बनाउने क्लवको लक्ष्य रहेको उहाले बताउनु भएको छ । साथै उक्त गाउँमा आगन पिक्नीक स्पोटको समेत ब्यावस्था रहेको बताए ।
आगामी दिनहरुमा बाँझो भएका खेतीयोग्य जग्गाहरुमा सामुहिक रुपमा कृषिजन्य अर्गानिक खेती गरि अगाडि बड्ने र भन्केका घरहरुलाई पुन निमार्ण गरि पुर्ण रुपमा गाउनै होमस्टेको रुपमा परिवर्तन गर्ने गरि युवाहरुलाई गाउमै रोजगारिको व्यावस्था गर्ने बताए ।