logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

आफ्नै दाइले कुटे पछी भाईको मृ’त्यु , दाइ फरार


  • राजनिती न्युज डेस्क
  • मंगलबार, पुष २२ २०७६

पोखरा- आफ्नै दाइले कुटे पछी भाईको मृ’त्यु भएको छ इलामको सूर्योदय नगरपालिका–१२ आठघरेका ४६ वर्षीय हर्कबहादुर रसाइलीको दाई ४८ वर्षीय रामबहादुर रसाइलीको कुटपिटबाट मृ’त्यु भएको हो।

आइतबार साझ  मादकपदार्थ सेवन गरी रामबहादुर र हर्कबहादुरबीच झगडा भएको थियो। दाई सँग झगडा गरी सुत्न गएका हर्क बहादुर बिहान आफ्नै कोठामा मृ;त अवस्थामा फेला परेका हुन ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरका  अनुसार दाजुले काठको पिरा प्रहारपछि घाइते भएका हर्कबहादुरलाई गाउँमै सामान्य उपचारपछि उनका छोराले घरमा लगेर सुताएका थिए।

सामान्य घाइते भएपछि आज थप उपचारका लागि फिक्कलतर्फ ल्याउने तयारी गरी सुतेका उनले बिहान करिब ४ बजे खानेपानी मागेका थिए तर परिवारका सदस्य कोही पनि नउठेपछि उनी पुनः सुतेका थिए।

बिहान ६ बजेको समयमा उठाउन जाँदा ओछ्यानमा नै मृ’त फेला परेको प्रहरीले जनाएको छ। कुटपिट गर्ने रामबहादुर फरार छन्। श’व परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र फिक्कलमा राखिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार