logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

आज वर्षा र हिमपात हुने


  • राजनीति
  • बुधबार, पुष २३ २०७६

नेपालमा अहिले पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव रहेको छ। जसले गर्दा हाल देशका पश्चिमी भू–भागहरुमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू–भागहरूमा आंशिक देखि सामान्य बदली रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही पश्चिम र मध्यका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना छ। पूर्वी भू–भागमा हल्का बर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहेको छ।
राती पनि देशभर सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा र मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहेको छ।

त्यस्तै, बिहीबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहेको छ। राती पनि देशको मध्य तथा पूर्वी भू–भागमा सामान्य बदली तथा पश्चिमका भू–भागमा आंशिक बदलि रही पश्चिमका एक–दुई स्थानहरुमा साथै मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

शुक्रबार भने देशका पूर्वी र मध्य पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ। मध्य र पूर्वी पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। राती भने देशभर मौसम सामान्यतया सफा रहनेछ।

आगामी २४ घण्टामा देशका केहि स्थानहरूमा वर्षा रहिमपातको संभावना रहेको र यसकै कारण जाडो बढ्ने हुनाले चिसोबाट जोगिने उपाय अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार