logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

तनहुँमा आदिकवि भानुभक्तको १०० फिट अग्लो शालिक निर्माण !


  • रासस
  • बुधबार, पुष २३ २०७६

भानु नगरपालिका–४ शिखरकटेरीमा करिब तीन करोड रुपैयाँ लागतमा रामायण भवन निर्माण सम्पन्न भएको छ। पर्यटन विभाग र भानु जन्मस्थल विकास समितिद्वारा संयुक्त रुपमा भवन निर्माण पूरा भएको भानु नगरपालिकाले जनाएको छ।

आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँमा नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी कलात्मक रामायण भवन बनाइएको भानु नगरपालिकाका नगरप्रमुख उदयराज गौलीले जानकारी दिए। भवनको बार्दली काठमा कुँदिको कलात्मक रहेको छ।

करिब १० रोपनी क्षेत्रफलभित्र भानुगृह, आवासगृह, चमेनागृह, पुस्ताकालय, शौचालय, पोखरीलगायतका भौतिक संरचना निर्माण गर्ने गुरुयोजना रहेको भानु जन्मस्थल विकास समितिका निर्वतमान कार्यकारी निर्देशक शङ्कर रानाभाटले जानकारी दिए। उक्त गुरुयोजनाका लागि अनुमानित लागत १६ करोड श्रपैयाँ छ।

पर्यटकलाई थप आकर्षित गर्न आदिकविको १०० फिट अग्लो शालिक निर्माणलगायतका दीर्घकालीन गुरुयोजना रहेको भानु नगरपालिकाले जनाएको छ।

चुँदी रम्घाबेँसीदेखि शिखरकटेरीसम्म पुग्ने कच्ची मोटरमार्ग भएका कारण मानिसलाई आवातजावत गर्न समस्या भएकाले उक्त मार्गको स्तरोन्नतिका लागि आवश्यक पहल भइरहेको वडाध्यक्ष पूर्णबहादुर लौडारीभाट जानकारी दिए।

नेपाली भाषा र साहित्यका प्रथम आदिकवि भानुभक्त विसं १९७१ असार २९ गते चुँदी रम्घामा जन्मिएका हुन्। भानुभक्तका रामायण, भक्तमाला, बधुशिक्षा र प्रश्नोत्तरीजस्ता काव्यकृतिले नेपाली साहित्य क्षेत्रलाई नै धनी बनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार