तनहुँ – तनहुँको घिरिङ गाउँपालिकास्थित कृष्ण मोटरमार्गमा शुक्रबार भएको बस दुर्घटनामा परी घाइते भएका २२ जनाको पोखरास्थित मणिपाल अस्पतालमा उपचार भइरहेको छ।
पाल्पाको रामपुरबाट पोखरातर्फ आउँदै गरेको ग१ख ६१७५ नंको बस घिरिङ थानीमाईमा अनियन्त्रित भई सडकबाट ४० मिटर तल खस्दा बसमा सवार दुई जनाको मृ’त्यु भएको थियो।
दुर्घटनामा घिरिङ –१ बस्ने २० वर्षीया मुना थापा र घिरिङ–३ बस्ने ४२ वर्षीया नानीमाया गुरुङको मृ’त्यु भएको थियो। प्रहरी नायब उपरीक्षक लामिछानेले घाइतेको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको बताए।