logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

पोखरा आर्वाबाट काहुखोला आउदै गरेको जीप पल्टिदा एकको मृ’त्यु दुई घाइते


  • आश तमु
  • शनिबार, पुष २६ २०७६

पोखरा- पोखरामा दाना बोकेको जीप दुर्घटना हुदाँ एक जनाको मृ’त्यु भएको छ ।

जीपमा सवार दुई जनाको भने उपचार भइरहेको छ ग २ च ९८५ नम्बरको दाना बोक्ने जीप आर्वा  चौतारा नजिक दुर्घटना हुँदा जीपमा सवार एक जनाको मृ’त्यु भएको गण्डकी प्रदेश प्रहरीले जनाएको छ ।

स्याङ्जा दरौ सिरुबारी घर भई पोखरा -१४ चाउथे बस्ने १७ बर्षीय लक्ष्मण भनिने मन बहादुर सुनारको मृ’त्यु भएको हो

शनिवार बिहान ११ :४५ बजे भएको उक्त जीप दुर्घटनामा भएको थियो। घटनाका विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार