logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

तनहुँको भिमाद मिर्छुलुङस्थित एनसेल टावरमा आ’गज’नी


  • रासस
  • आइतबार, पुष २७ २०७६

पोखरा – तनहुँको भिमाद नगरपालिका–५ मिर्छुलुङस्थित एनसेल टावरमा गए राति आ’गज’नी भएको छ । अज्ञात समूहले एनसेल टावरमा आ’गला’गी गरेको इलाका प्रहरी कार्यालय भिमादले जनाएको छ ।

आ’गज’नीबाट टावरको सबै उपकरण जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय भिमादका प्रमुख प्रहरी नायब निरीक्षक भेषराज रेग्मीले जानकारी दिए ।

राति ११ बजे टावर बन्द भएको म्यासेज एनसेल कर्मचारीको मोबाइलमा आएको थियो । बिहान गएर हेर्दा टावर आ’गज’नी भएको अवस्था भेटिएको बताइएको छ ।

बिजुलीको मुख्य मिटरबाट लाइन काटेर आगजनी गरेको प्रारम्भिक अनुसन्धानबाट भेटिएको छ । आगजनीबाट टावरको जेनेरेटर, ब्याट्री, टावरका तारलगायतका सामग्री जलेको प्रहरीले जनाएको छ । आगजनी कसले र किन गरेको भन्ने विषयमा थाहा नभएको र आ’गज’नी गर्नेको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार