पोखरा- गत वर्ष काठमाडौंको एक सार्वजनिक बसमा ह’स्तमै’थुनसहित अ’श्ली’ल हर्कत गर्ने युवक पक्राउ परेका छन् । नेपाल प्रहरीको अपराध महाशाखाले ती युवकलाई पक्राउ गरेको अपराध महाशाखा स्रोतले जानकारी दिएको छ ।महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ती युवकलाई सोमबार चितवनबाट पक्राउ गरेको हो ।
२०७५ मंसिरमा सार्वजनिक बसभित्रै यात्रा गरिरहेकी युवतीलाई लक्षित गरी एक युवकले ह’स्तमै’थुन गरी युवतीको कपालमा वी’र्य स्खलन गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट भएको थियो। लगनखेल–स्वयम्भू/डल्लु रुटमा चल्ने बसको पछाडि सीटमा बसेका युवकले अघिल्लो सीटमा बसेकी युवतीको कपालमा ह’स्तमै’थुन गरी वी’र्य स्खलन गरेका थिए।
पक्राउ परेका युवा परिचय नाम सार्वजनिक गरिएको छैन । साकर्की थरका रहेको स्रोतले जानकारी दियो । लामो अनुसन्धानपछि उनलाई पक्राउ गर्न सफल भएको महाशाखाले जनाएको छ । युवकलाई मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरेको छ ।
युवकले बसमा ह’स्तमै’थुन गरी एक महिला यात्रुको कपालमा बी’र्य पतन गरिदिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । भिडियोलाई लिएर सर्वसाधरणले आक्रोश पोख्न थालेपछि प्रहरीले अनुसन्धान थालेको थियो ।
ज्याकेट र खैरो ट्राउजर अनि चप्पल लगाएका ती युवक आफैंले भिडियो खिचेर सामाजिक सञ्जालमा अपलोड गरेको प्रहरीको आशंका छ। प्रहरीका अनुसार युवकले त्यस्तो हर्कत गरेको स्वीकारेका छन्। अश्लील हर्कत गर्ने र पीडित युवती दुवैको अनुहार भिडियोमा देखिएको थिएन।
प्रहरीको खोजी सूचीमा रहेका ती युवक फरार थिए। यस्तो अपराध पुष्टि भए ६ महिनासम्म कैद र हजार रुपैयाँ जरिवाना हुनसक्ने व्यवस्था मुलुकी फौजदारी अपराध संहिता ऐनमा उल्लेख छ।