logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

दशैंं एक महिना सर्याे ?


  • पत्रपत्रिका
  • बुधबार, माघ १ २०७६

विक्रम संवत् २०७७ सालको दशैं र तिहार २५ दिन पर धकेलिएको छ। नयाँ पात्रो अनुसार असोज एक महिना मलमास परेकाले दुई चाडपर्व करिब एक महिना धकेलिएको हो।

पञ्चाङ निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले मलमासका कारण विवाहको लगनलाई समेत असर पारेको जानकारी दिए। आउँदो वर्ष विवाहको लगन करिब १५ दिन जति मात्रै छ। २०७६ सालमा करिब ३० दिन साइत परेको थियो भन्ने खबर नेपाल समाचारपत्र दैनिकमा छ।

ब्रतबन्धको साइत जम्मा पाँच दिन मात्रै छ। पञ्चाङ्ग निर्णायक समितिले निर्णय गरे अनुसार घटस्थापना कार्तिक १ गते परेको छ भने विजादशमी १० गते परेको छ। तिहार कार्तिक २८ गते शुरु हुनेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार