logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

तनहुँमा प्रहरीको भेन दुर्घटना : एकको मृत्यु २८ घाइते


  • आश तमु
  • बुधबार, माघ १ २०७६

पोखरा – नवलपरासी र तनहुँबीचमा पर्ने देवघाट मेलामा सुरक्षा दिन जाने क्रममा प्रहरीको भेन तनहुँको दास ढुङ्गामा दुर्घटना भएको छ ।

दुर्घटनामा परी एकको घटना स्थलमै मृत्यु भएको छ भने २८ जना घाइते भएका छन । घाइते मध्य ७ जनाको अवस्था चिन्ताजनक रहेको छ भने २१ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा जवान सन्दिप केसी रहेका छन । देवघाटको माघे संक्रान्ति मेलाको सुरक्षाका पोखराबाट आएको बा १ ग २११८ नम्वरको गाडी फर्कने क्रममा दासढुङ्गा पुलपारी घुम्तीमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय जुगेडीले जानकारी दिएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार