logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

त्रिशुलीमा हाम फालेर एक दम्पतीले दुई बालक सहित गरे आत्माहत्या


  • राजनीति
  • बिहिबार, माघ २ २०७६

धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित बेनीघाटमा रहेको त्रिशूली नदीको झोलुङ्गे पुलबाट एक दम्पती दुई नाबालक छोरासहित हामफालेका छन् ।

बिहीबार साँझ ६ बजेतिर काठमाडौँको चन्द्रागिरी नगरपालिका वडा नम्बर ५ स्थित थानकोट घर भएका विनय लामिछाने र उनकी श्रीमती दुई नाबालक छोरासहित त्रिशूली नदीमा हामफालेका हुन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार त्रिशूली पुलबाट नदीमा हामफालेका उनीहरुमध्ये बिनयलाई जिवितै उद्दार गर्न सकिए पनि श्रीमतीको भने मृत्यु भएको छ । यस्तै दुई नाकाबलक छोराहरु वेपत्ता छन् । वेपत्ता हुने बालकहरु २ वर्ष र ६ महिनाको भएको प्रहरीले जनाएको छ ।

उनीहरु किन एकसाथ नदीबाट हामफाले भन्नेबारे खुल्न सकेको छैन । अहिले प्रहरीले बेपत्ता भएकाहरुको खोजीकार्य तीव्र बनाउनुका साथै घटनाबारे अनुसन्धान थालेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार