logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पाल्पामा पर्यटन महोत्सव : कालीगण्डकीमा जलयात्रा, बाहुनडाँडाबाट प्याराग्लाइडिङ मुख्य आकर्षक


  • रासस
  • सोमबार, माघ ६ २०७६

पाल्पामा आन्तरिक एवं बाह्य पर्यटक भित्र्याउने उद्देश्यले पर्यटन महोत्सव हुने भएको छ । नेपाल पर्यटन भ्रमण वर्ष २०२० लाई सफल बनाउनका अगामी फागुनको २४ गतेदेखि महोत्सव आयोजना गरिने रामपुर नगरपालिकाका नगरप्रमुख अध्यक्ष रमणबहादुर थापाले जानकारी दिए ।

कालीगण्डकी नदीमा जलयात्रा, रामपुर बाहुनडाँडाबाट प्याराग्लाइडिङ, जातजाति तथा रहनसहनमा आधारित विभिन्न सांस्कृतिक झाँकी प्रर्र्दशन महोत्सवमा आकर्षक रहने छ ।

विभिन्न गाउँपालिकासँग समन्वय गरेर प्रचारप्रसारको काम तीव्र पारिने प्रचारप्रसार समिति संयोजक बुद्धिप्रकाश रेग्मीले जानकारी दिए ।पोखराका केही होटल व्यवसायीसँग समन्वय गरी पोखरा आएका आन्तरिक तथा बाह्य पर्यटकलाई पाल्पाको रामपुरसम्म ल्याउने प्रबन्ध मिलाइने समितिले जानकारी दिएको छ ।

जिल्लाको १० वटै स्थानीय तह र नेपाली सेना गोरखदल गणको संयुक्त आयोजनामा नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी विजय दौड पाल्पा २०७६ हुने छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार