logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

सडकमा कुहिरो लागेका कारण ३ वटा ट्रक एकापसमा ठोक्किँदा ३ को मृ त्यु


  • राजनिती न्युज डेस्क
  • मंगलबार, माघ १४ २०७६

बुटवल – रुपन्देहीमा ३ वटा ट्रक एकापसमा ठोक्किँदा ३ जनाको मृ त्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् ।

भैरहवा–भुमही सडक खण्ड अन्र्तगत रुपन्देहीको रोहिणी गाँउपालिका–४ मा सडकमा कुहिरो लागेका कारण दुर्घटना भएको हो ।

भैरहवाबाट परासीतर्फ जाँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक, परासीबाट भैरहवातर्फ आउँदै गरेको ना २ ख ८४८१ नम्बरको ट्रक र ना ५ ख ७८५६ नम्बरको ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएको टाफ्रिक प्रहरी कार्यालय बुटवलले जनाएको ।

दुर्घटनामा परी  मृ त्यु हुनेमा नवलपरासीको पालीनन्दन गाउँपालिका अन्दाजी ३० बर्षिय लालु कुर्मि, सोही ठाउँमा अन्दाजी ३० बर्षका मोभीकन कुर्मी र सुनसरीको चतेराबस्ने अन्दाजी ३५ बर्षिय पुर्ण बहादुर भुजेल रहेका छन् । ट्रकमा १३ जना सवार थिए ।

घाइतेहरुलाई उपचारका लागि भैरहवामा रहेको भिम अस्पताल र युनिभर्सल मेडिकल कलेज पठाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार