logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

लमजुङ सुन्दरबजारमा बन्चरो प्रहार गरी वृद्धाको ह त्या, २ वटा कुकुर झिकाएर घटनाको अनुसन्धान


  • राजनिती न्युज डेस्क
  • मंगलबार, माघ १४ २०७६

लमजुङ –   लमजुङको सुन्दरबजारमा बन्चरो प्रहार गरी एक वृद्धाको ह त्या भएको छ । नगरपालिका ७, पाउँदीका स्थानीय ६० वर्षीया सीता भुजेल पोख्रेलको ह त्या भएको हो  ।  पोख्रेल एकल महिला हुन् ।

घाँटीमा बन्चरो रहेको अवस्थामा श व भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार  मृतकको घाँटीमा बन्चरो गडेको र बिँड फुक्लिएको अवस्थामा खाटमुनि फेला परेको बताएका छन  ।

मस्र्याङ्दी गाउँपालिका-९, सिम्पानी माइती भइ  बाख्रा व्यवसाय गर्दै आइरहेका उनी १८ वर्षदेखि पतिसँग छुट्टिएर बस्दै आएकी थिए  ।सीताका सन्तान भने छैनन् ।

इलाका प्रहरी कार्यालय भोटेओडारका प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीकाअनुसार सीताले लगाएको अढाई तोला सुनका ठुला ठुला रिङ कानबाट चुँडालेको देखिएको छ । उनले केहीदिन अघि खसी बेचेको २२ हजार रुपियाँ पनि साथमा नभेटिएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालयबाट २ वटा कुकुर झिकाएर घटनाको अनुसन्धान थालिएको छ  । हालसम्म शंकास्पद व्यक्तिलाई सोधपुछबाहेक प्रहरीले कसैलाई पक्राउ गरेको छैन् । अनुसन्धानपछि कुकुर फिर्ता पठाइएको प्रहरी प्रमुख डिएसपी रवीन्द्रमान गुरुङले बताए । घटना आइतबार रातिको भए पनि वृद्धा एक्लै बसेको र वरपर कोही नहुँदा ढिला गरी प्रहरीले जानकारी पाएको थियो । ‘घटना कर्तव्य ज्यान प्रकृतिको छ । हामीले अनुसन्धान गरिरहेका छौं,’ गुरुङले भने । मृ तकको श व पोस्टमार्टमको लागि लमजुङ जिल्ला सामुदायिक अस्पतालमा ल्याइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार