logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

यस्तो हुनेछ ३ दिनकाे माैसम


  • राजनीति
  • बुधबार, माघ १५ २०७६

बुधबार र बिहीबार देशका धेरै ठाउँमा पानी र हिउँ पर्ने मौसमविद्ले बताएका छन् ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बुधबार र बिहीबार धेरै ठाउँमा पानी र हिउँ पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले बताए ।

उहाँका अनुसार पूर्वको तुलनामा मध्य र पश्चिमको धेरै ठाउँमा पानी पर्नेछ भने पश्चिमी उच्च हिमाली भेगमा भारी हिमपात पनि हुनेछ । तर लगातार झरीको सम्भावना भने कतै पनि नरहेकाे उनले जानकारी दिए ।

बुधबार मध्य र पूर्वको मौसम दिउँसो एकैछिन खुल्दै बादल लागेर थोरै ठाउँमा पानी पर्ने सम्भावना रहेकाे मौसमविद् पौडेलले बताए ।

यस्तै बुधबार दिउँसोभन्दा राति धेरै ठाउँमा पानी पर्नुका साथै हिमपात पनि हुने उनको अनुमान छ । आउँदाे शुक्रबारदेखि भने मौसम खुल्दै जाने उनले जानकारी दिएका छन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार