logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

विद्यालयको दुई बसमा आ*गलागी


  • राजनीति
  • सोमबार, माघ २० २०७६

हेटौँडा –  हेटौँडा उपमहानगरपालका–५ पिप्लेमा रहेको जेनिथ इन्टरनेशनल विद्यालयको परिसरभित्र रोकीराखिएको दुई बसमा शनिबार राति आ*गलागी भएको छ ।

ना७ख ८७२८ र ना१क ३२१८ नंको बसमा आ*गलागी भएको स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

आ*गलागीबाट एउटा बस पूर्णरूपमा र अर्को आंशिक क्षति भएको जनाइएको छ ।

स्थानीयवासी र हेटौँडा उपमहानगरपालिकाको दमकलले आ*गो नियन्त्रणमा लिएका थिए । आगलागी आफै अथवा कसैले गरेको हो भन्ने नखुलेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक अमर गजमेर र सुरेन्द्र श्रेष्ठसहितको टोली पुगेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार