खलङ्गा – जुम्लाको कनकासुन्दरी गाउँपालिका-२ मालिकाबोतामा आ*ग*लागी हुँदा एक महिलाको मु*त्यु भएको छ ।
प्रेम ऐडीको एकतले गोठमा आगलागी हुँदा उनकी श्रीमती ४५ वर्षीया भेटेनी ऐडीको मु*त्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिए ।
आ*गला*गीबाट एक गोरु र एक कुखुरासमेत जलेका छन् । सोमबार राति १० : ३० बजे गोठमा आ*ग*लागी हुँदा ऐडी गोरु फुकाउन जाँदा निस्सासिएर मु*त्यु भएको प्रहरीले जनाएको छ ।
आ*गला*गी भएको स्थलतर्फ प्रहरी निरीक्षकसहित सातजनाको टोली पठाइएको प्रहरी नायब उपरीक्षक धामीले बताए । आ*गला*गी हुनाका कारण र क्षतिको विवरणबारे मुचुल्का उठाउन प्रहरीको टोली जिल्लाबाट घटनास्थलमा पठाइसकेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।रासस