logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

विद्यार्थीद्वारा चिट चोर्न नपाएको भन्दै प्रहरी पोष्ट तोडफोड, झडपमा ४ प्रहरी घाईते


  • राजनीति
  • मंगलबार, चैत्र १३ २०७४

मुगुमा एसइइ परीक्षामा चिट चोर्न नपाएको भन्दै प्रहरीमाथि ढुङ्गामुढा भएको छ। मुगुको छाँयानाथ नगरपालिका १० रोवा मावी परीक्षा केन्द्रमा प्रहरीले चिट चोर्न नदिएको भन्दै सोमबार राति स्थानीयले प्रहरी पोस्टमा आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।

स्थानीय तथा विद्यार्थी मिलेर राति प्रहरी सुतेका बेला आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डिएसपी भीम किरण बोगटीले जानकारी दिए।प्रहरीले भीडलाई नियन्त्रण लिन एक राउण्ड अश्रुग्यास र ५ राउण्ड हवाई फाएरसमेत गरेको थियो।

सोमबार भएको परीक्षामा चिट चोर्न नदिएर कडाई गरेको भन्दै स्थानीयले राति प्रहरी सुतेका बेला बाहिरबाट ढुङ्गामुढा गरेको डिएसपी बोगटीले जानकारी दिए।

‘घटनास्थल सदरमुकामदेखि ४ घण्टा टाढा छ, परीक्षामा चिट चोर्न नपाएका स्थानीय तथा विद्यार्थीले प्रहरी बस्ने पोस्टमा आक्रमण गरे ४ जना प्रहरी घाईते भएका छन्,’ डिएसपी बोगटीले भने,‘घाईतेलाई सदरमुकाम ल्याउँदैछौं।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार