logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

तनहुँमा फेरि पर्यो काठे खोरमा चि’तुवा


  • रासस
  • शनिबार, माघ २५ २०७६

तनहुँ – तनहुँको बन्दीपुर गाउँपालिका–४ लोहीपाखामा थापिएको खोरमा चि’तुवा परेको छ । यही माघ १३ गते चितुवाको आ’क्र’मणबाट सो गाउँका दश वर्षीय इशक सुनारको मृ’त्यु भएपछि डिभिजन वन कार्यालयले बाख्रा सहितको खोर थापेको थियो ।
सातआठ वर्षको करिब ३५ केजी तौल भएको पोथी प्रजातिको चि’तुवा व्यास नगरपालिकामा एक गरी छ चि’तुवालाई खोरमा पारी नियन्त्रणमा ल्याइएको छ । उनका अनुसार नियन्त्रणमा आएको चितु’वालाई अन्यत्रै स्थानान्तरण गरिनेछ ।

भानु, शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी र बन्दीपुर गाउँपालिकामा चि’तुवाको आ’तङ्क पछिल्लो समय बढेको छ । गत बीस महिनाको अवधिमा जिल्लामा चि’तुवाको आ’क्र’मणबाट नौ बालबालिकाले ज्या’न गु’माइसकेका छन् ।

‍पछिल्लो समय वन्यजन्तुबाट मानिस, घरपालुवा जनावर र खेतीपातीको क्षति हुने क्रम बढेको छ । चि’तुवाका आहारा प्रजाति मृग, बँदेल, खरायो, वन कुखुरा आदि वनमा लोप हुँदै गएपछि चि’तुवा बस्तीमा प्रवेश गरी बालबालिकामाथि आ’क्रमण बढेको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार