पोखरा – हिमशृङ्खला बहुउदेश्यीय सहकारी संस्था लिमीटेडको पहिलो साधारण सभा तथा पहिलो अधिबेशन सम्पन्न भएको छ । शनिवार पोखरामा सम्मपन अधिबेशनले ४ वर्ष नया कार्यकालका लागि लबिन गुरुङको अध्यक्षतामा ९ सदस्यिय सञ्चालक समिती निर्वाचित गरेको छ । हिमशृङ्खला बहुउदेश्यीय सहकारी संस्था लिमीटेडले पोखरा महानगर वार्ड न १० मा आफ्नो कार्यालय स्थापना गरेर कारोवार गर्दै आइरहेको छ ।
सञ्चालक समितीको उपाध्यक्षमा लक्ष्मी क्षेत्री, सचिवमा मेक बहादुर गुरुङ र कोषाध्यक्षमा आइत काशी गुरुङ निर्वाचित भएका छन् । यसैगरि सदस्यहरुमा सेती माया गुरुङ ,प्रलाद वाग्ले सिता गुरुङ सन्तुमाया गुरुङ र धन प्रसाद अछामी निर्वाचित भए । संस्थाको लेखा समिती संयोजकमा नबिन गुरुङ चयन भएका छन् ।
यस्तै लेखा समिती सदस्यहरुमा आश गुरुङ र युवराज ढकाल चयन भएका छन् । कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी जेष्ठ नागरिक एव शेयर सदस्य अमृता गुरुङले सहकारीले तय गरेको सिद्धान्तले नै सामुहिक समृद्धि हासिल गरोस भनी शुभकामना दिए उनले सहकारीले आर्थिक गतिविधीसंगै सामाजिक उत्तरदायित्वका कार्यहरु पनि गर्नु पर्ने बताए कार्यक्रममा निवर्तमान सचिव मञ्जु क्षेत्री कोषाध्यक्ष आइत काशी गुरुङ र प्रबन्धक किरण कार्कीले बोलेका थिए
साधारणसभामा अध्यक्षको बार्षिक प्रगति प्रतिबेदन तथा आगामी वर्षको कार्ययोजना, कोषाध्यक्षको आर्थिक प्रतिबेदन, सचिवको प्रतिवेदन पेश गरि पारित गरिएको थियो । संस्थाका अध्यक्ष लाबिन गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत म्याक बहादुर गुरुङले गरेका थिए भने सञ्चालन आश गुरुङ र नबिन गुरुन्ले गरेका थिए।