पोखरा – क्षत्रीहरुलाई पनि आदिवासीमा सुचिकृत गर्नु पर्ने भन्दै बिभिन्न माग राखी आन्दोलन गर्दै आइरहेका क्षत्री समाज कास्कीले अन्तर जिल्ला अवलोकन भमणमा निस्केका छन। निकट भबिस्यमा आन्दोलनको आँधीबेहरीको तयारी गरिरहेका पोखराका क्षेत्रीहरु आफ्नी अन्य जिल्लाका क्षत्रीहरुको अबस्था र स्थिति बारे बुझ्न आज मंगलवार देखि दुई दिने भ्रमणमा निस्किएका हुन ।
क्षत्री समाज नेपाल जिल्ला कार्य समिति कास्कीको आयोजनामा कार्य समितिका पदाधिकारी एबम सदस्यहरुले भ्रमणका क्रममा विभिन्न जिल्लाका क्षत्रीहरुको स्थिति र अवस्था बारेमा बुझ्ने र अन्तरक्रिया छलफल पनि गर्ने क्षत्री समाज जिल्ला कार्य समिति कास्कीका अध्यक्ष पदम बहादुर कार्कीले बताए । उनले भ्रमणका क्रममा ती जिल्लामा रहेका विभिन्न धार्मिक एबम तीर्थस्थलहरुको दर्शन पनि गर्ने बताए ।
उनीहरुले तनहुँ, चितवन, नवलपरासीका क्षेत्रीहरुको अवस्था र स्थिति बारे बुझ्नेछन भने भने पबित्र तीर्थस्थल देवघाट धाम र भगवान गौतम बुद्धको जन्मथलो लुम्बिनीको पनि भ्रमण गर्नेछन। अध्यक्षा कार्कीले यस भ्रमणले आन्तरिक पर्यटनको प्रबर्धन हुने धारणा पनि राखेका छन । भ्रमणदलका सदस्यहरु स्वयम् आफैले आफ्नो खेर्च ब्यबस्था गर्नु पर्ने उनले जानाकारी गराउदै धुर्मुस सुन्तली फाउन्देशन ले निर्माण गर्दै गरेको क्रिक्रेट रंगशालामाको अवलोकन गर्नुका साथै सहयोग पनि उपलब्ध गराउने बताए ।