logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

मृत अवस्थामा कास्की रुपा गाउपालिकामा चि’तुवाको बच्चा फेला


  • आश तमु
  • बुधबार, माघ २९ २०७६

पोखरा – आज दिउसो कास्कीमा मृ’त अवस्थामा चि’तुवाको बच्चा फेला परेको छ। पोखरा ३२ वडा सिमाना नजिक रुपा गाउपालिका ५ आपू खोला राजा बेशी कुनाको झाँडीमा मंगलवार चि’तुवा मृ’त अवस्थामा फेला परेको छ ।  दिउसो ३ बजेको समयमा मृ’त अवस्थामा गोठालाले चि’तुवाको बच्चा फेला पारेको हो ।

गोठालो हिनेका राम कृष्ण बसौला र  केदार नाथ अधिकारीले गोरु भैसी चर्केर भाग्दा  बाघ आयो कि के हो भन्दै हेर्न जादा मृ’त अवस्थामा चि’तुवा भेटेको बताए ।  मृ’त चि’तुवालाई साँझ मुचुल्का उठाई डिविजन वन कार्यालय कास्कीमा लगिएको र चि’तुवा कति उमेरको हो ? के कति कारणले मृ’त भएको हो ? भन्ने कुरा पो’ष्ट’मार्टम पश्चात पत्ता लाग्ने कास्की जिल्ला वन अधिकृत रामकाजी श्रेष्ठले जानकारी दिए ।

गत हप्ता विहिवार साँझ मात्र सोही स्थानमा पोखरा ३२, कोठे गाउँकी ९ वर्षिया पूजा वि.क.लाई चि’तुवाले आ’क्रमण गर्दा मृ’त्यु भएको थियो यस क्षेत्रमा चि’तुवाको आ’तक वढे सँगै स्थानीयवासी र वालवालिका त्रसित वनेका छन् ।

फोटो कविराज खनाल

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार