पोखरा – नेपाली चलचित्र कि नायिका एव मोडल महिमा सिलवालको दुर्घटनामा मृ’त्यु भएको छ ।
काठमाण्डौ बाट चितवन जादै गर्दा धादिङको गजुरीमा बिपरित दिशाबाट आएको भैरहवाबाट काठमाडौं आउँदै गरेको लु २ ख १३५ नम्बरको बसले बा ९७ प ७०५८ नम्बरको सिलवाल सवार स्कुटरलाई ठक्कर दिदा सिलवाल सँगै उनको बहिनी सर्मिला सिलवालको पनि मृ’त्यु भएको हो।
नायिका सिलवालको घटना स्थलमै मृ’त्यु भएको र बहिनी सर्मिलाको उपचारको क्रममा मृ’त्यु भएको धादिङका एसएसपी प्रकाश रानाभाटले जानकारी गराए ।
सिलवाल चितवनको भरतपुर महानगरपालिका १३ गीतानगरकी बासिन्दा हुन् । बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मिसन २४, दानव, जिग्लोलगायतका फिल्म खेलिसकेकी महिमाले विभिन्न म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् ।