logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

तेस्रो पुर्नवासले भुटानी शरणार्थीहरुले सुख पाए – प्रम ओली


  • रासस
  • आइतबार, फाल्गुन ४ २०७६

पोखरा – प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो देश पुनर्वासले नेपाली भाषी भूटानी शरणार्थीले कष्टकर जीवनबाट मुक्ति पाएको बताएका छन्। झापाको दमकमा आयोजित एक कार्यक्रममा उहाँले तेस्रो मुलुक पुर्नावासले भूटानी शरणार्थीलाई सुखी बनाएको बताएका हुन्।

तेस्रो देश पुनर्वासको पहल थाल्दा कतिपयले विरोध गरेको स्मरण गर्दै उनले अहिले विभिन्न सम्पन्न मुलुकमा पुगेका शरणार्थीको जीवनस्तर उक्सिएको बताए।
विभिन्न दाताले दिएको भरमा जीवन चलाउनुपर्ने बाध्यताबाट शरणार्थीले मुक्ति पाएको भन्दै उनले जीवनस्तर सहज बनेपछि र तिनका सन्तानले राम्रो शिक्षा पाएपछि आप्म्नो मुलुक फर्किने प्रक्रिया आफै शुरु गर्नसक्ने अवस्था आउने बताए।

पहिला भूटानी शरणार्थी शिविर रहेकै ठाउँमा बनाइएको मञ्चबाट सम्बोधन गर्दै उनले तेस्रो देश गएर बाँकी रहेका शरणार्थीको पनि दिगो समाधान गर्न सरकार लागिरहेको बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार