सप्ताहव्यापी नेपाल भ्रमणमा आएका बेलायतका सेनाध्यक्ष आर्मी चिफ अफ जनरल स्टाफ सर मार्क कार्लटन–स्मिथ आइतवार दिनभर भेटघाटमा ब्यस्त देेेखिए ।
फागुन ३ गते नेपाल आइपुगेका स्मिथले आज राष्ट्रपती विद्या देवी भण्डारी र प्रधान सेनापति पुर्ण चन्द्र थापा सङ्ग औपचारिक भेटवार्ता गरेका छन ।
आइतबार उनले पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको पनि निरीक्षण भ्रमण गरेका छन्।