logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

१२ वर्षीया नातिनीलाई जबर्जस्ती करणी गरेकाे अभियाेगमा ५८ वर्षीय हजुरबुबा पक्राउ


  • राजनीति
  • बुधबार, चैत्र २१ २०७४

२१ चैत, पाँचथर । आफ्नै नातिनी करणीको अभियोगमा पाँचथर प्रहरीले एक जनालार्इ पक्राउ गरेको छ ।

१२ वर्षीया नातिनीलाई जबर्जस्ती करणी गरेकाे अभियाेगमा प्रहरीले ५८ वर्षीय हजुरबुबालाई पक्राउ गरेको हो ।

कसैलाई भनेमा मारी दिने धम्की दिई बालिकालाई त्रासमा पार्दैआएको भन्ने खबर पाएपछि पीडकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताए ।

मंगलबार पाँचथर जिल्ला अदालतबाट जबर्जस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ भने पीडितलाई उद्धार गरी सुरक्षित आवासगृहमा राखिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार