पोखरा – पोखरा बगर स्थित ब्रिटिश क्याम्प अगाडि भूपू गोरखा सैनिक र उनीहरूका परिवारले धर्ना दिएका छन् । उनीहरूले समान पेन्सन, क्षतिपुर्ती लगायतका माग राखेर मंगलबार विहानैदेखि ब्यानर, प्लेकार्ड सहित धर्नामा बसेका हुन ।
बेलायतका सेनाध्यक्ष आर्मी चिफ अफ जनरल स्टाफ मार्क कार्लटन स्मिथसम्म आफ्नो माग पु¥याउन धर्ना दिएका हुन । गत शनिबार काठमाडौं आइपुगेका सेनाध्यक्ष स्थिम यतिबेला पोखरा भ्रमणमा छन् ।
बेलायती सेनामा भर्तीका भएका ४४३ जनालाई कसम खुवाउने कार्यक्रममा सहभागी हुन स्मिथ पोखरा गएका हुन । उनीहरूलाई कसम खुवाउने कार्यक्रम छ ।