logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

तनहुँमा हतियार सहित समाइएका ३ जनालाई कैद


  • रासस
  • बुधबार, फाल्गुन ७ २०७६

तनहुँ- शुक्लागण्डकी नगरपालिका–२ नर्सरीबाट पे’स्तो’लसहित पक्राउ परेका चारमध्ये तीन जनालाई जिल्ला अदालत तनहुँले कैद फैसला गरेको छ ।

जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलकोे इजलासले सोही ठाउँ बस्ने नरेन्द्र गुरुङ, प्रेयेशु भन्ने बुडुजा पुनलाई जनही छ महिना कैद र रु पाँच हजार, विपीन पुनलाई तीन महिना कैद र रु चार हजार जरिवानाको फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार सुदर्शन खनालले मङ्गलबार जानकारी दिए । सोही मुद्दामा पक्राउ परेका माहिला भन्ने अनुप घतानेले अदालतबाट सफाइ पाएका छन् ।

नर्सरीस्थित कालिका मन्दिर नजिकै गाँ’जा सेवन गरिरहेको अवस्थामा प्रहरीको गस्ती टोलीले उनीहरुलाई गत वैशाख २५ गते पक्राउ गरेको थियो । प्रहरीले उनीहरुको साथबाट एक थान क’टुवा पे’स्तो’ल र सय ग्राम गाँ’जासमेत बरामद गरेको थियो । निजहरुविरुद्ध बिनाइजाजत हा’तह’ति’या’रको कारोवार गरेको अभियोगमा गत जेठ १६ गते अदालतमा मुद्दा दायर भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार