logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

ट्रकको टायर पड्किदा अनियन्त्रित भएर त्रिशुली नदीमा ट्रक खस्यो


  • राजनिती न्युज डेस्क
  • आइतबार, फाल्गुन ११ २०७६

पोखरा – आज बिहान त्रिशुलीमा सिमेन्ट बोकेको ट्रक खसेको छ ।  बिहान करिब साढे ३ बजे शालिमार सिमेन्ट बोकेको ट्रक धादिङको बेनिघाट रोराङ गाउँपालिकास्थित पृथ्वी लोकमार्गमा ट्रकको टायर पड्किदा अनियन्त्रित भए रत्रिशुली नदीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काका अनुसार ना ५ ख ३७७७ नं। को ट्रक सडकबाट १ सय मिटर तल खसेको छ । दुर्घटनामा मकवानपुर घर भएका ४६ वर्षीय ट्रक चालक बिखे थोकर र सप्तरी घर भएका सहचालक १८ वर्षीय राजेश विक घाइते भएका थिए ।

दुवैलाई उपचारको लागि गजुरी अस्पताल लगिएकोमा थोकरको उपचारको क्रममा मृत्यु भएको थियो । विकको अवस्था भने सामान्य रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार