राजनीति
रुपन्देही देवदहका व्यवसायी वसन्त पौडेल बलु’को हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। बलुलाई गोली हान्ने लमजुङ बांग्रे घर भई पोखरा लेखनाथ महानगरपालिकामा बस्दै आएका २१ वर्षीय सुभाष गुरुङ लाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।
घटनास्थलदेखिको अध्ययन र अन्य सुराकीको आधारमा सुभाष गुरुङ नै सुटर हुन् भन्ने पुष्टि भएको छ ।
गुरुङलाई ज्यान मुद्दा, हातहतियार खरखजाना र संगठित अपराध अन्तरगतको मुद्दा चलाइने बताइएको छ ।रुपन्देहीको देवदहका फर्निचर व्यवसायी पौडेलको गत पुस २१ गते हत्या भएको थियो। हत्याका लागि गुरुङले एक लाख रुपैयाँ लिएको खुलेको प्रहरीले जनाएको छ। पौडेल हत्याका योजनाकार मनोज पुन र सोम आलेको प्रहरीसँगको मुठभेडमा गत महिना मृत्यु भइसकेको छ।