राजनीति
पोखर -कास्कीमा मोटरसाइकल दुर्घटना परी स्याङ्जाका २ जनाको मृ’त्यु भएको छ । कास्की, पोखरा महानगरपालिका – १४ चाउथेस्थित सडकमा ग.१ ख ९५९५ नम्बरको माईक्रो बसले ग.१४ प ५२४ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार स्याङजा अर्जुन चौपारी-५ आरुचौर घर भई हाल पोखरा महानगरपालिका-१४ चाउथे बस्ने ३३ वर्षीय ईश्वर बहादुर क्षेत्री र आरुचौर बस्ने ३८ वर्षीय मेघ बहादुर क्षेत्रीको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा ‘त्यु भएको प्रहरीले जनाएको छ ।
साथै सोही मोटरसाइकलले ग. १७ प १८८० नम्बरको स्कुटरलाई ठक्कर दिँदा घाइते भएका स्कुटर चालक पोखरा महानगरपालिका-९ पृथ्वी चोक बस्ने २१ वर्षीय शुशिल शर्माको सोही अस्पतालमा उपचार भइरहेको छ ।
बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ ।