logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

तमु धिं नेपालको घुम्ती बैठक रुपाकोटमा सम्पन्न


  • राजनिती न्युज डेस्क
  • शुक्रबार, फाल्गुन १६ २०७६

पोखरा –  तमु धिं नेपालले विभिन्न गाउँबस्ती, समाजहरुमा मासिक घुम्ती बैठक शुरु गरेको छ। ४८ वटा क्षेत्रीय समाजहरु आवद्ध रहेको तमु धिं नेपालले शान्ति रुपा बराहथोक तमु समाजको व्यवस्थापनमा कास्की जिल्लाको रुपाकोट गाँउपालिका वडा नं.६स्थित रमणीय दृश्यावलोकन स्थल कोट भैरव मन्दिरमा पहिलो घुम्ती बैठक सम्पन्न भएको हो ।

तमु धिं नेपालका कार्यवाहक अध्यक्ष हुमबहादुर तमुले एक महिने कार्यक्रम तथा गतिविधिबारे रिपोर्टिङ गरेका थिए । बैठकले तमु धिं नेपालको मुखपत्र तमु सुँ प्रकाशन गर्ने, समाजका गतिविधीहरु समेटेर त्रैमासिक बुलेटीन प्रकाशन शुरु गर्ने, एसइई परीक्षा दिएका तमु विद्यार्थीलाई उच्च शिक्षा अभिमुखीकरण कार्यक्रम गर्ने, तमु सञ्चारकर्मी संघ नेपालको चौंथो महाधिवेशनका लागि सहयोग गर्ने, तमु धिं नेपाल केन्द्रीय आमा समितिलाई सहयोग रकम प्रदान गर्ने, चैत्र महिनाको घुम्ती बैठक काँडेमा गर्ने, रुपाकोट क्षेत्रको पर्यटन प्रवद्धनमा तमु धिं नेपालले पहल गर्ने लगायतका निर्णयहरु गरेको छ।

ऐतिहासिक बैठकले तमु धिं नेपालका सल्लाहकार प्रमुख शिक्षाविद, वरिष्ठ समाजसेवी गणेशबहादुर तमुको यसैवर्ष निधन भएकाले यस वर्षको तमु धिं नेपालको मुखपत्र तमु सुँ स्वर्गीय गुरुङको स्मृति विशेषको रुपमा प्रकाशन गर्ने निर्णय गरेको छ। तमु सुँ प्रकाशनका लागि महासचिव गिरीप्रसाद तमुको संयोजकत्वमा प्रकाशन समिति गठन गर्ने निर्णय गरेको छ। त्यसैगरी एसईई परीक्षा दिएका विद्यार्थीहरुका लागि चैत्र २२ गते शनिवार तमु धिं नेपालमा उच्च शिक्षा अध्ययनका लागि अभिमुखीकरण कार्यक्रम गर्ने, तमु संचारकर्मी संघको फागुन १६ देखि १८ गते सम्म लमजुङको पसगाउँमा हुने चौथो राष्ट्रिय महाधिवेशनलाई सफलताको शुभकामनासहित २५ हजार सहयोग र अतिथिको रुपमा केन्द्रीय सदस्य गोपाल तमुलाई पठाउने तमु धिं नेपालले निर्णय गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार