राजनीति
दाेलखाकि बालिका खड्काले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईवि*रुद्ध जिल्ला अदालत काठमाडौंमा मु*द्दा दायर गरेेेकि छिन । दोलखाकी बालिका खड्का (राई)ले राई विरु*द्ध मु*द्दा दायर गरेकी हुन् ।
मुख्यमन्त्री राईले आफूमाथि घरेलु हिं*सा, शारी*रिक यात*ना र यौ*न दुर्व्य*वहारको प्रयास गरेको भन्दै खड्काले शुक्रबार मु*द्दा दायर गरेकी हुन्। आरोपपत्रमा मुख्यमन्त्री राई आफ्नो पति भएको दाबी गर्दै उनले आधा अंश माग गरेकी छन्।
राई नेकपा एमालेका वैकल्पिक पोलिटब्युरो सदस्य भएका बेलादेखि र बालिका युवा संघ नेपालको केन्द्रीय सदस्य र महिला युथ फोर्सको केन्द्रीय सचिव भएकाबेला बालिकाले मुख्यमन्त्री राईलाई २०७१ सालदेखि चिनेको जनाएकी छिन् ।
‘मुलुकी देवानी संहिता, २०७४ को दफा ६७ अनुसार विपक्षी पति र म बीच एक अर्कालाई पति पत्नीको रूपमा स्वीकार गरी विवाह भएको हुँदा ऐ। संहिताको दफा २०५, २०६, २०९, २११, २१२, २१३ समेतका आधारमा प्रस्तुत फिराद गर्न आएकी छु,’ दायर गरिएको मु*द्दामा भनिएको छ,‘अंशबण्डा गर्ने सम्पत्तिको फाँटवारी देखाई फिराद गर्नु पर्नेमा विपक्षी जिम्माको सम्पत्ति मलाई हाल जानकारी नभएको र मसँग बण्डा गर्ने कुनै पनि सम्पत्ति नभएको हुँदा संहिताको दफा २२१, २२२, २२३, २२४, २२५ समेतका आधारमा बण्डा गर्ने सम्पत्तिको तायदाती फाँटवारी माग गरी फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी जम्मा सम्पत्तिलाई २ भाग गरी १ भाग अंश दिलाइ चलन चलाई पाऊँ।’
बालिकाले मुख्यमन्त्री राईलाई २०७१ सालदेखि चिनेको बताएकी छन्, जतिबेला राई नेकपा एमालेका वैकल्पिक पोलिटब्युरो सदस्य थिए भने बालिका युवा संघ नेपालको केन्द्रीय सदस्य र महिला युथ फोर्सको केन्द्रीय सचिव। राईसँग पार्टीगत कामको सिलसिलामा भेटघाट बाक्लिदा माया बस्न गएको बालिकाले जनाएकी छिन् ।
मुख्यमन्त्री राईसँग ‘लि*भिङ टुगे*दर’ गरी बसेको उनको जिकिर छ। राईले विद्यादेवी भण्डारी पहिलोपटक राष्ट्रपति नियुक्त भएको दिन बेलुका रात्रिभोजमा आफूमाथि मदिराको जोशमा यौ*न दु*र्व्यवहार गर्न कोसिस गरेको आरोप बालिकाले लगाएकी छन्। उक्त घटनापछि राईले आफूलाई ‘हामी लोग्ने स्वास्नी हौं’ भनी फकाएकोसमेत उनले आरोपपत्रमा उल्लेख गरेकी छन्।
राई सूचना तथा सञ्चारमन्त्री हुँदा आफू तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निजी स्वकीय अधिकृतको रूपमा काम गरेको उनले जनाएकी छन्। त्यतिबेला राई र आफूबीच शा*रीरिक स*म्पर्क कायम भएको उनले स्वीकारेकी छन्, तर विवाह दर्ता गर्न राईले नमानेको आरोप उनले लगाएकी छन्।
राई मुख्यमन्त्री भएपछि आफू पनि विराटनगर आउने जाने गरेको उनले दाबी गरेकी छन्। त्यहाँ पनि प्रहरीलाई भन्न लगाइभित्र छिर्न नदिएको उनले जनाएकी छन्। त्यसपछि आफूलाई जागिर र पार्टीको जिम्मेवारीबाट पनि निकालिएको बालिकाको दाबी छ।
आफूमाथि अ’न्याय भएको भन्दै पार्टीको दुवै अध्यक्षलाई भेट्न खोज्दा दुवै अध्यक्षले भेट नदिएको पनि उनले जनाएकी छन्। त्यसपछि आफूलाई झु’टा आरोपमा प्रहरीलाई प’क्राउ गरी कमलपोखरीमा थुनामा राखिएको र थुनामा जब*र्जस्ती ‘शेरधन राई पति हो भन्दिनँ भन’ भनी दबाब दिएकोसमेत उनले खोलेकी छन्।
आउँदो चैत १७ गतेका लागि बालिकाले दर्ता गरेको मु’द्दाको पेशी तोकिएको छ।