पोखरा – गत माघ ३ अन्नपुर्ण पदमार्गमा हिमपहिरो परी वे’पता भएका ७ जना मध्य एकको श’व फेला परेको छ । चिनिया पर्यटक लिएर बेस क्याम्प तर्फ हिडेका चितवनका सरोज परिवारको श’व वेपत्ताको खोजीमा जुटेका सरोजका दाइ सन्दीप परियार र ट्रेकिङ मजदुरको टोलीले श’व निकालेको थियो ।
उनको श’वलाई जिल्ला प्रहरी कास्कीको टोलीले शनिवार आज विहान पोखरा ल्याएको छ । अहिले परिवारको श’वलाई पोखरा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।
अन्नपूर्ण आधार शिविर जाँदैगर्दा बाक्लो हिमपात भएपछि देउरालीभन्दा माथि जान नसकेपछि फर्कने क्रममा हिंकु केभ नजिकैको ठूलो हिमपहिरोमा पु’रिएका थिए । उनको साथमा भएकी चिनियाँ पर्यटक हिमपहिरोबाट उम्कन सफल भएकी थिइन् ।
हिमपहिरोमा पुरिएका अन्य ४ कोरियाली नागरिक र २ नेपाली गाइड र पोर्टर अझैं वेपत्ता छन् ।सरोजका दाइ सन्दिप ५ दिन अघि टानले उपलब्ध गराएका ट्रेकिङ मजदुर र सामग्रीसहित भाइको खोजीमा निस्किएका थिए । टान पश्चिमाञ्चल च्याप्टर अध्यक्ष हरि भुजेलका अनुसार २१–२२ वर्षका सरोजले ३ वर्ष अघि गाइड पेशा सुरु गरेका हुन् ।