logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

आफैले काटेको रुखले किचेर दुईजनाको घटना स्थलमै मृ’त्यु


  • राजनिती न्युज डेस्क
  • शनिबार, फाल्गुन १७ २०७६

पोखरा – रुखले किचेर ओखलढुंगाको मोलुङ गाउँपालिका ८ रागादीपमा  दुईजनाको घटना स्थलमै मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा ५८ वर्षिय राजकुमार राई र ४० वर्षिय अम्बर बिक रहेका छन ।

गाउँपालिका अध्यक्ष मणिराज राईले जानकारी दिए अनुसार शनिबार दिउँसो राजकुमार राईको घर बनाउन रुख का’ट्ने क्रममा सोही रुखले कि’चेर उनिहरुको ज्या’न गएको हो  । मृ’त्यु हुने राई घरधनी हुन् भने बिक उनका सहयोगी हुन् ।

उनिहरुले का’ट्दै गरेको रुखले कान्लामुनी रहेको बस्तु गोठलाई कि’च्ने भएपछि त्यसलाई बचाउन डोरी लगाएर तान्ने क्रममा रुखले कि’चेको राईको भनाई छ ।

राजकुमार र अम्बर बिकले डोरी लागएर रुख तनेको र अर्का एकजनाले फेदमा का’ट्दै गरेको रुख ल’डेर उनिहरु भएकै स्थानमा आएपछि भाग्दा भा’ग्दै कि’चेको बताइएको छ । घटनाको बिषयमा थप जानकारी आउन बाकीँ छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार