logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

सलमान खान धरौटीमा रिहा, देश बाहिर जान बन्देज


  • राजनीति
  • शनिबार, चैत्र २४ २०७४

बलिउड अभिनेता सलमान खान अन्ततः धरौटीमा रिहा हुने भएका छन् । जोधपुर सेन्ट्रल जेलमा कैदी नम्बर १०६ बनेर दुई रात बिताएका सलमानलाई ५० हजार धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको र उनी बेलुकी रिहा हुने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यद्यपी बिना अनुमति देशभन्दा बाहिर जान नपाउने अदालतको सर्तमा उनी रिहा हुने भएका हुन् । त्यस्तै अदालतले उनलाई ७ मे, २०१८ मा उपस्थित हुन समेत आदेश दिएको छ ।

सन् १९९८ मा जोधपुरको एक गाउँमा कालो हरिणको सिकार गरेको आरोपमा जोधपुरको अदालतले सलमानलाई ५ वर्षको सजाय सुनाएको थियो । यद्यपि, सलमानका वकिलले जोधपुर ‘सेसन कोर्ट’मा जमानतका लागि याचिका दायर गरेका थिए । दायर याचिकामाथि आज सुनुवाइ भएको हो ।

के थियो हरिण काण्ड ?

सन् १९९८ को कुरा हो । राजस्थानको जैसलमेरमा सुरज बडजात्याको फिल्म ‘हम साथ साथ हैँ’को सुटिङ भइरहेको थियो । सलमानलाई आरोप थियो कि १ अक्टोबर १९९८ को राति जोधपुर जिल्लाको काँकणी गाउँनजिकै सलमान खान र सोही फिल्मसँग सम्बद्ध कलाकारले त्यहाँ कालो हरिणको सिकार गरेका थिए । सलमानलाई अवैध हतियार राखेको र प्रयोग गरेको आरोप छ । उनलाई आम्र्स एक्टसम्बन्धी मुद्दा पनि दायर गरिएको थियो । आम्र्स एक्ट मुद्दाबाट भने गत जनवरी १८ मा उनलाई सफाइ दिइएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार