गोरखा- गोरखामा जीप दुर्घटना हुदा वडासचिवको मृ’त्यु भएको छ । गोरखाको काशीगाउ तिर आरुघाट बाट आउदै गरेको बलेरो जीप सडकबाट तल खस्दा वडा सचिव किरण रिमालको मृ’त्यु भएको हो । बुधबार राति ग १ ज ५५०५ नम्बरको जिप आरुघाट गाउँपालिका वडा नं. १ स्थित धोरतको जंगलमा दुर्घटना हुँदा जिपमा सवार अन्य ७ जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा उपप्रमुख फुलमाया गुरुङ , चालक बालचन्द्र गुरुङ, निसा गुरुङ, धनबहादुर गुरुङ, केयरसिंह गुरुङ, सुरज नेपाल रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी ओम बहादुर अधिकारीले जानकारी दिए ।
एसपी अधिकारीका अनुसार घाइतेहरुलाई धोर्चेतको जंगलबाट उद्दार गरी मान्बु स्वास्थ्य इकार्इमा राखिएको र उनीहरुको उद्दारको लागि हेलिकोप्टरको व्यवस्था गरिँदैछ ।
तस्बिरः मोहसिन अलि मियाँको फेसबुकबाट