राजनीति
गत बिहिबार पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा बच्चाको मृत्यु भएको विषयलाई लिएर मृतकका आफन्तहरु भेला भएपछी पोखराको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा तनाब सिर्जना भएको छ ।
डाक्टरको लापरबाहिका कारण बच्चाको मृत्यु भएको भन्दै बच्चाका आफ्न्तले अस्पतालमा बिरोध जनाउदै आएका छन् ।
गत २२ गते बिहिबार बिहान ८ बजे अस्पतालमा उपचारका क्रममा पोखरा लेखनाथ महानगरपालिका ५ पर्स्याङ निवासी संगिता परियारको साढे २ बर्षको छोरा रोहित परियारको मृत्यु भएको थियो । बालक परियारलाई त्यसको दुई दिन अगाडी मात्र (चैत २० गते) सामान्य ज्वरो आएपछि आफन्तले उपचारको लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा लगेका थिए । उक्त दिन बिहान ६ बजेको समयमा डाक्टरले बच्चालाई ईन्जेक्सन लगाएकोमा ८ बजे बच्चाको मुत्यु भएको थियो ।
मृतक बच्चाका आफन्तले गत बिहिबार पनि लापरबाहिका कारण बच्चाको मृत्यु भएको भन्दै अस्पतालमा नाराबाजी गरेका थिए ।घटनापछि अस्पताल प्रशासन र पिडित पक्षबिच वार्ता भएपनि कुरा मिलेको छैन ।