logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

खानेपानी ट्याङ्की खन्दा पोखरा ५ मा आसपासका घर चर्किए


  • कमल पौडेल अथक
  • शुक्रबार, फाल्गुन २३ २०७६

पोखरा- पोखरा महानगरपालिका ५ प्रस्र्याङस्थित धर्मस्थली आधारभूत विद्यालय पार्कमा जाइकाले निर्माण गर्न लागेको खानेपानी ट्याङ्कीको खाडल खन्दा आसपासका घरहरु चर्किएको स्थानीय वासिन्दाले जानकारी दिएका छन् । डोजर सहितको मेशिनले खाडल खन्दा घरहरु चर्किएको उनीहरुले वताए हुन् ।

स्थानीयवासिन्दा सँग वडा अध्यक्षले समेत समन्वय नगरी जथाभावि डोजर प्रयोग गर्दा आसपासको वस्ती नै जोखिममा परेको उनीहरुको भनाइ छ । पानी ट्याङ्की वनाउँदा स्थानीयवासी सँग समन्वय गर्नु पर्नेमा वडाअध्यक्ष धनवहादुर नेपालीले वास्तै नगरेको उनीहरुको आरोप छ ।

समस्याको वारेमा पटक पटक वडा अध्यक्ष सँग भेट्न फोन गरियो तर पनि उनले फोन रिसिभ गरेनन् स्थानीय दयाराम अधिकारीले भने ।
जनताको मत लिएर जनप्रतिनिधि हुँ भन्दै समाजमा हिड्नेले जनभावनाको कदर गर्दैनन् भने त्यस्ता के को जनप्रतिनिधि उनले गुनासो गरे । जनताको मत लिएर कमिशनको खेलमा लाग्नेहरुले अहिले मतदाताको अपमान गरेको उनको भनाइ छ ।
जनप्रतिनिधि जनताको घाउमा मलहम लगाउन हो कि कमिशन खान मात्र हो स्थानीय दिनवन्धु गौतमले भने । जनप्रतिनिधिका नाउँमा पोखरा ५ मा अहिले वेथिति वढेको उनले वताए । जनप्रतिनिधि भन्ने तर जनताको समस्या नसुन्ने के को जनप्रतिनिधि उनले आक्रोश पोखे ।

यता वडा नं ५ का वडा अध्यक्ष धनवहादुर नेपालीले घर चर्किएको भन्ने कुरा आफु कहाँ आइ नपुगेको वताए । समस्या के छ म नजिकै गएर बुझ्ने काम गर्छु उनले भने ।जापानिज सहयोग नियोग जाइकाले ३ अर्व ७० करोडको लागतमा पोखरामा खाने पानी विस्तार गरिरहेको छ । मर्दीखोलावाट १६ र २० इन्चको पाइप मार्फत दैनिक आउने ४ करोड १० लाख लिटर पानी पोखराका ४ वटा रिजर्भवायर मार्फत प्युरिफाई गरी वितरण गर्ने जाइकाको योजना छ ।

सो योजना अनुसार जाइकाले पोखराको फूलवारी, प्रस्र्याङ, कोलपाटनमा २० लाख लिटरका ट्याङ्की निर्माण गर्न लागेको छ भने माटेपानीमा पनि ट्याङ्की निर्माण गर्नेछ ।उक्त योजनाको हज्मा एण्डो कर्पोरेशनले ठेक्का लिएको र २ वर्ष भित्रमा सम्पन्न गरी नेपाल खानेपानी संस्थान पोखरा शाखालाई हस्तान्तरण गर्ने संस्थानका निमित्त प्रमुख दीनेश्वर यादवले वताए । यसवारेमा वुझ्न खोज्दा ठेकेदार मनोज सिग्देलले फोन उठाएनन् ।।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार