राजनीति
पोखरा – विश्वभर बढ्दै गएको को’ राना भा’इरस (को’भिड—१९) को संक्रमण र सन्त्रासले गर्दा स्याङ्जा जिल्ला प्रशाशन कार्यालयलले मेला, महोत्सव, सम्मेलन लगायतका कार्यक्रम नगर्न अनुरोध गरेको छ ।को’भिड—१९ का बारेमा हरेक स्थानीय तहका स्वास्थ्य शाखाबाट जनचेतामुलक कार्यक्रम संचालन गर्ने निर्णय सगै जिल्ला अस्पताल, जनस्वास्थ्य कार्यालय, स्वास्थ्य चौकी र सबै स्थानीय तहका स्वास्थ्य शाखाहरु तयारी अवस्थामा रहन समेत आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ले जानकारी दिए ।
माहामारी विपद व्यवस्थापनका लागि भाइरल, इन्फ्ल्युन्जा, ज्वरो, रुघाखोकी, निमोनिया जस्ता सरुवा रोगको माहामारी रोक्न सबै स्वास्थ्य संस्था र कर्मचारीलाई तयारी अवस्थामा रहिरहन आग्रह गरिएको प्रजिअ कुरुम्बाङ्ले बताए । समितिले जिल्ला अस्पताल, प्रथामिक स्वास्थ्य केन्द्रमा छुट्टै वाडको व्यवस्था गरिराख्न पनि निर्देशन दिएको छ