logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

जनजाति महासंघद्वारा बिदा कटौतीको विरोधमा आन्दोलनको घोषणा


  • राजनीति
  • सोमबार, चैत्र २६ २०७४

२६ चैत, काठमाडौं । सांस्कृतिक पर्वमा दिँदै आएको विदा कटौती गर्ने निर्णय फिर्ता लिन आदिवासी जनजाति महासंघले सरकारलाई दबाव दिएको छ ।

महासंघले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक विदा कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन माग गर्दै दबावमुलक आन्दोलन घोषणा गरेको हो ।

ठूलो संघर्षबाट प्राप्त भएको सांस्कृतिक पर्वका सार्वजनिक विदा कटौती गरिएको भन्दै महासंघका अध्यक्ष जगत बरामले निर्णय फिर्ता लिन सरकारसँग माग गरे ।

आन्दोलनका कार्यक्रम अनुसार चैत्र २७ गतेदेखि बैशाख ३ गतेसम्म प्रधानमन्त्री केपी शर्मा ओली तथा मुख्यमन्त्रीहरुलाई ज्ञापन पत्र बुझाउने, देशभर विरोध, प्रर्दशन, धर्ना दिने लगायत छन् ।

महासंघले सडक विस्तारको नाममा आफूहरुको सांस्कृतिक सम्पदामाथि अतिक्रमण नरोके प्रतिवादमा उत्रने चेतावनीसमेत दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार